ओली एन्ड एसोसिएट्स विराटनगरमा
विराटनगर, २०८२ बैशाख १:
नेपालमा शैक्षिक परामर्श सेवामा अग्रणी मानिने ओली एन्ड एसोसिएट्सले नयाँ वर्ष २०८२ को अवसर पारेर विराटनगरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।
२००२ मा स्थापना भएको संस्थाको मुख्य कार्यालय काठमाडौंको पुतलीसडकमा रहेको छ भने बुटवल, ललितपुर, हेटौंडा, विर्तामोड, इटहरी, पोखरा र चितवनमा शाखाहरू सञ्चालनमा छन्।
अस्ट्रेलियालाई प्रमुख गन्तव्य बनाउँदै, संस्थाले बेलायत, क्यानडा, अमेरिका, न्यूजिल्यान्डजस्ता देशहरूमा हजारौं विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि पठाउँदै आएको छ।
५०,००० भन्दा बढी विद्यार्थीलाई सफल परामर्श दिइसकेको र संस्थाले हाल विश्वका ३ देशमा १० भन्दा बढी अफिसमार्फत सेवा प्रदान गरिरहेको छ।
विराटनगर शाखाका संचालक मनोज तिवारीका अनुसार, “विद्यार्थीहरूले खोजेको स्तरको परामर्श सेवा विराटनगरमा नपाएको महसुस भयो। त्यसैले अब अन्यत्र जानु नपर्ने, सम्पूर्ण सेवा यहीँबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।”
संस्थाका अर्का संचालक रन्जन कुमार शाहीले भने, “विद्यार्थीका सपनालाई सफल बनाउने हाम्रो मूल लक्ष्य हो। विराटनगर शाखा हाम्रो सेवालाई अझ व्यापक बनाउने दिशातर्फको महत्वपूर्ण पाइला हो।”
शाखा उद्घाटन कार्यक्रममा विभिन्न शैक्षिक संस्था, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
View : 513
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved