Biratnagar, Morang, Nepal
खेलकुद

कोशी प्राइड लिग चैत ७ देखि २० सम्म, सात फ्रेन्चाइज टोलि मैदानमा

-
अखवारका कुरा
२३ माघ २०८२, शुक्रवार

Advertisement

विराटनगर। कोशी प्रदेशको बहुप्रतीक्षित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता कोशी प्राइड लिग (KPL) को तेस्रो संस्करण चैत ७ देखि २० गतेसम्म सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकास्थित डा. खालिल अजाद क्रिकेट मैदानमा आयोजना हुने भएको छ।

यसअघि फागुन ९ देखि २१ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता निर्वाचनका कारण मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ।

तेस्रो संस्करणमा सात फ्रेन्चाइज टोली सहभागी हुनेछन्। उपाधिका लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

यस सिजनका लागि ७४ भन्दा बढी खेलाडी अक्सन प्रक्रियामा सहभागी भएका थिए भने कुल ८४ खेलाडी अनुबन्ध भएका छन्। खेलाडीहरू अक्सन र ड्राफ्ट दुवै माध्यमबाट अनुबन्ध गरिएको हो। अक्सन प्रक्रियामा पूर्वेली सुपर किंग्स ले सबैभन्दा बढी रकम खर्च गर्दै सबैभन्दा महँगो टोली बनेको छ।

प्रतियोगितामा स्थानीय खेलाडीका साथै नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेलिसकेका अनुभवी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ। यसले प्रतियोगिताको स्तर अझ उचो बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कोशी प्राइड लिगको उद्देश्य स्थानीय तथा युवा खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्नु, प्रदेशस्तरमा क्रिकेटको प्रवर्द्धन गर्नु तथा उदाउँदै गरेका प्रतिभालाई राष्ट्रिय क्रिकेटतर्फ अघि बढ्न अवसर सिर्जना गर्नु हो।

फ्रेन्चाइज मोडलमा सञ्चालन हुने प्रतियोगितालाई नेपाल क्रिकेट संघ (CAN) तथा कोशी प्रदेश क्रिकेट संघको समर्थन प्राप्त छ। कोशी प्रीइड लिगले पछिल्ला वर्षहरूमा प्रदेशस्तरको क्रिकेटलाई थप चलायमान बनाउँदै आएको छ।

View : 300

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved