महिला उद्यमी संघ (WEAN) मोरङ
महिला उद्यमी संघ (WEAN) मोरङ च्याप्टरको आयोजनामा २०८२ साल बैशाख २४ र २५ गते दुई दिने टाई एण्ड डाई कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यशालामा संघकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा सहभागीहरुलाई टाई एण्ड डाई सम्बन्धी सीप तथा ज्ञान प्रदान गरिएको थियो।
कार्यशालाको उद्देश्य सीप विकासका साथै उद्यमशीलतामा प्रोत्साहन गर्ने रहेको थियो। १५ जना उत्साही सहभागीहरुले विभिन्न टाई एण्ड डाई प्रविधिहरु सिक्न सक्रिय सहभागिता जनाएका थिए। अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले व्यावहारिक प्रशिक्षणसँगै रंगमनोविज्ञान, रंग संयोजन, मिश्रण प्रविधि तथा कलर ह्वीलको सैद्धान्तिक ज्ञानसमेत प्रदान गरिन्। साथै, उनले टाई एण्ड डाईलाई विभिन्न सिर्जनात्मक उत्पादनमा रूपान्तरण गरी उद्यमशीलतामा बदल्न सकिने उपायहरु पनि सुझाइन्।
कार्यशालाको अन्तिम दिन विशेष अतिथिहरु हार्ट फाउन्डेसन नेपाल, कोशी प्रदेशका संयोजक तथा F-SMEs मोरङ, कोशी प्रदेशका संस्थापक अध्यक्ष श्री दिनेश भक्त श्रेष्ठ र आभा फाउन्डेसन नेपालकी संस्थापक श्रीमती आभा अनुपमाको उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो। उनीहरुले सहभागीहरुलाई आफ्ना सिर्जनशीलता र उद्यमशीलताका यात्रामा अगाडि बढ्न हौसला प्रदान गरे।
दुई दिने कार्यशालाले सहभागीहरुलाई सीपमूलक कला सिकाउनका साथै उनीहरुलाई उद्यमशीलतामा उन्मुख गराउन मद्दत पुर्याएको आयोजकले जनाएको छ।
View : 1137
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved