विराटनगर । विराटनगर म्युजिक फेस्टिवल २०८१ को तेस्रो संकरण आयोजना हुने भएको छ । लाइभ इन्टरटेनमेन्टको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा ‘विराटनगर म्युजिक फेस्टिवल’ हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
आउदो कात्तिक १० गते शनिबार दिउँसो ४ बजेबाट मेनरोड स्थित जैन भवनको खुल्ला मैदानमा कार्यक्रम हुनेछ भने कार्यक्रममा स्वप्न सुमन, पूर्ण राई दाजुभाइसँगै स्थानिय कलाकारहरूको प्रस्तुती रहने छ ।
दशैँ तिहार ,नेपाल सम्बत तथा छठ पर्वको समय पारेर कार्यक्रम आयोजना गर्ने गरिएको र मनोरन्जनसँगै सामाजिक सद्भाव बढाउन महत्वपुर्ण सहयोग पुर्याउने अपेक्षाका साथ कार्यक्रम गर्ने गरिएको कार्यक्रम संयोजक सन्तोष महत ‘स्यान्ट्रो’ले पत्रकार सम्मेलनमा जानकारी दिए।
विराटनगरको सबैभन्दा ठूलो सांगितीक कार्यक्रम समेत रहेको आयोजकले दाबि गरेको छ । कार्यक्रममा स्थानिय परिकारको समेत स्टल रहने छ। कार्यक्रम सम्पन्न गर्न करिब १४ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने खर्च व्यवस्थापन गर्न विभिन्न माध्यमबाट सहयोग प्राप्त हुने क्रममा समेत रहेको आयोजकले जनाएको छ।
View : 904
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved