नेकपा समाजवादी कोशी प्रदेश अधिबेशन
नेकपा एकिकृत समाजवादीको प्रथम कोशी प्रदेश अधिवेशनबाट कान्छो प्रदेश सदस्यको रुपमा आशिष बोहोरा निर्वाचित भएका छन्।
बोहोरा २४ बर्षकै कलिलो उमेरमा पार्टीको प्रदेश सदस्यका रुपमा संखुवासभा जिल्लाबाट युवा कोटामा सर्वसम्मत निर्वाचित भएका हुन ।
बोहोरा लामो समयदेखी विद्यार्थी राजनितिमा सक्रिय रहँदै आएका थिए। उनी अनेरास्ववियूको केन्द्रीय कमिटि सदस्य समेत हुन् ।
पार्टीको प्रदेश सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएपछि उनले खुशी व्यक्त गर्दै नेकपा एकिकृत समाजवादीले युवाहरुलाई प्रथमिकता दिएको बताए ।
उनी भन्छन 'म सबैभन्दा कान्छो सदस्यको रुपमा निर्वाचित भएको कुराले खुशी लागेको छ। यसले युवाहरुलाई राजनितिमा अगाडी बढ्न प्रेरणा समेत मिल्छ जस्तो लाग्छ, त्यसकारण मलाई ठुलो जिम्मेवारी पनि छ युवाहरुको आवश्यकता र चाहनालाई पार्टी भित्र आवाज उठाउनुपर्नेछ।'
चैत्र २६ देखी २८ सम्म इटहरीमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनमा अध्यक्ष पदमा संखुवासभाकै सरिता खड्का चयन भइन भने दुई उपाध्यक्ष रहने पार्टीको विधानमा भए पनि अधिवेशनले उपाध्यक्ष भने छानेको छैन। त्यस्तै सचिवमा दलशेर राई निर्वाचित भए भने
तीन उपसचिव मध्ये एक जना भने पछि छान्ने गरी दुई जना छिरिङ लामा र दलिततर्फ उमा शङ्कर चयन भए । महिला उपसचिव भने खाली छोडिएको छ। अधिवेशनले १६८ सदसीय नयाँ नेतृत्व चयन गरेको छ।
View : 1437
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved