गृहमन्त्री रमेश लेखकले सोमबार पदबाट राजीनामा दिएका छन्।
बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पुगेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्। बैठकमा सहभागी एक मन्त्रीले भने, “बैठक सकिँदा गृहमन्त्रीज्यूले पनि पदत्याग गर्नुभयो।”
सोमबार राजधानी काठमाडौँसहित देशका प्रमुख सहरमा जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। आन्दोलन नियन्त्रण गर्ने क्रममा काठमाडौं र इटहरीमा गोली लागी १९ जनाको मृत्यु भएको थियो।
घटनापछि साँझ बूढानीलकण्ठमा बसेको नेपाली कांग्रेस नेताहरूको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लेखकलाई पदबाट हट्न सुझाव दिएका थिए। बैठकमा लेखकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए।
पार्टी बैठकपछि उनी बालुवाटार पुगेका थिए र मन्त्रिपरिषद बैठकमै राजीनामा बुझाएका हुन्।
View : 81
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved