काठमाडौं, जेष्ठ १५ – आर्थिक वर्ष २०८२/८३ को बजेट आज संघीय संसद्मा प्रस्तुत हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
नेपालको संविधानले प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार अर्थमन्त्री पौडेलले नयाँ आर्थिक वर्षको नीति, प्राथमिकता, आम्दानी–खर्चको खाका र विकासको दिशा प्रस्तुत गर्न लागेका हुन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्बबाट पारित भइसकेको छ। सो कार्यक्रम पारित भएपछि सरकारले बजेट सार्वजनिक गर्न लागेको हो।
बजेट प्रस्तुत हुनुअघि आज दिउँसो १:३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछन्। त्यसपछि १:४५ बजे आर्थिक वर्ष २०८१/८२ को आर्थिक समीक्षा संसद्मा पेश गरिनेछ।
महँगी नियन्त्रण, रोजगारी सिर्जना, उत्पादन वृद्धि, लगानी प्रवर्द्धन, पूर्वाधार विकास र सामाजिक सुरक्षा जस्ता विषयमा बजेटले कस्तो दृष्टिकोण ल्याउनेछ भन्नेमा आम चासो बढिरहेको छ।
आज प्रस्तुत हुने बजेटले मुलुकको आर्थिक दिशानिर्देशन मात्र होइन, जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको स्पष्टता पनि झल्काउने अपेक्षा गरिएको छ।
View : 364
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved