प्रजातन्त्र दिवस
लामो संघर्ष र बलिदानी पछि जहानिया राणा शासनको अन्त्य गर्दै नेपालीले प्राप्त गरेको प्रजातन्त्र दिवसको अवसरमा नर्सिङ क्याम्पस विराटनगरले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
उक्त दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश प्रवक्ता यदु विष्ट ,नेपाली कांग्रेस केन्द्रिय सूचना सञ्चार तथा प्रचार विभाग सदस्य राजु मास्के,
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अभिषेक भट्टराई ,अङ्कित भट्टराई,एरिका ढकाल ,नेपाली कांग्रेस मोरङ प्रशिक्षण विभाग सदस्य इन्द्रमणि थापा र नेपाल विद्यार्थी संघ डिग्री कलेज इकाई सचीव विराज बराल ,नेपाल विद्यार्थी संघ डिग्री कलेज उपसभापति सुज्ञान पराजुली,नेपाल विद्यार्थी संघ म.मो.आ.ब. क्याम्पस इकाई सदस्य आयुष दाहाल लगायतको उपस्थिति थियो ।
ने. वि. संघ नर्सिङ्ग क्याम्पस ईकाइ सभापति सुजिता खत्रीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
View : 297
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved