Biratnagar, Morang, Nepal
देश

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार

सूचनाको पक्षमा कलम चलाउने दुई पत्रकार सम्मानित

महासंघले सूचनाको अधिकारको संवर्धनमा लागिपरेका पत्रकारहरूको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आएको पत्रकार महासङ्घ मोरङ अध्यक्ष शुसिला पाठकले बताइन ।
-
अखवारका कुरा
२० वैशाख २०८२, शनिवार

Advertisement

विराटनगर— नेपाल पत्रकार महासंघ मोरङले सूचनाको अधिकारको प्रवर्द्धनमा सक्रिय दुई पत्रकारलाई सम्मान गरेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी पुरस्कृत भएका हुन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुढाथोकीलाई एक लाख एक सय रुपैयाँ राशीको ‘षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार’ हस्तान्तरण गरे। मुख्यमन्त्री कार्कीले सत्य र निष्पक्ष सूचनाको प्रवाहका लागि बुढाथोकीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, पत्रकार सुरेन्द्र भण्डारीलाई २५ हजार २५ रुपैयाँ राशीको ‘षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ। उक्त पुरस्कार विराटनगर महानगर प्रमुख नागेश कोइरालाले हस्तान्तरण गरे।

कार्यक्रममा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका वरिष्ठ पत्रकार यज्ञ शर्मालाई पनि सम्मान गरिएको थियो। मुख्यमन्त्री कार्कीले शर्मा सम्मान गर्दै पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरे।

सोही कार्यक्रममा महासंघ मोरङद्वारा तयार पारिएको २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरिएको छ। क्यालेन्डरको लोकार्पण विराटनगर महानगर प्रमुख कोइरालाले गरे।

महासंघले सूचनाको अधिकारको संवर्धनमा लागिपरेका पत्रकारहरूको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आएको पत्रकार महासङ्घ मोरङ अध्यक्ष शुसिला पाठकले बताइन । 

View : 236

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved