प्रमुख जिल्ला अधिकारीको सरुवा
विराटनगर : सरकारले सुनसरी र मोरङसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । सात जिल्लाका सिडिओसहित १२ अधिकारीहरूको सरुवा गरेको हो ।
गृह मन्त्रालयले सुनसरी, मोरङ, काठमाडौं, कैलालीलगायत जिल्लाका सिडिओहरूको सरुवा गरेको हो ।
काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी, सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय, मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय, झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय, सर्लाहीका सिडिओ गोपालकुमार अधिकारीलाई झापा र सल्यानका सिडिओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
त्यस्तै, गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सिडिओ, इन्द्रदेव यादवलाई मोरङको सिडिओ र ऋषिराम तिवारीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ । त्यस्तै, दाङका सहायक सिडिओ सावित्रा पुनलाई सल्यानको सिडिओमा सरुवा गरिएको हो।
View : 280
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved