बरगाछी युवा समुहको सेवा
बरगाछी,जेठ २८ — बढ्दो गर्मी र उच्च तापक्रमलाई मध्यनजर गर्दै बरगाछीस्थित बस बिसौनीमा यात्रु, पैदल यात्री, सवारी चालक र कुरुवाका लागि बरगाछी युवा समुहद्वारा चिसो पिउने पानीको व्यवस्था गरिएको छ।
समूहका सक्रिय सदस्य राहुल साहनीको संयोजकत्वमा गरिएको यस कार्यमा सबैका लागि सहज र निःशुल्क रूपमा पिउने पानी उपलब्ध गराइएको हो। गर्मीमा यात्राका क्रममा गला सुक्ने, थकाइ लाग्ने अवस्था सहज बनाउन यो सेवा सञ्चालन गरिएको हो।
कार्यक्रममा समूहका संरक्षक दीपक चापागाईं, सभापति आकाश घिमिरे, उपसभापति राम नेपाल, सचिव लक्ष्मण नेपाललगायत अन्य सदस्य तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष आकाश घिमिरेले जानकारी दिएअनुसार आगामी दिनमा आवश्यकता अनुसार अन्य स्थानहरूमा पनि यस्तै सेवा विस्तार गरिनेछ। साथै, सहयोग गर्न इच्छुक व्यक्तिहरूले समूहसँग सम्पर्क गर्न सक्नेछन्।
“सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ समाजप्रतिको उत्तरदायित्व बोक्दै अघि बढिरहेको यो पहल “समाजबाट म, समाजका लागि म” भन्ने भावनाबाट प्रेरित छ।
View : 647
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved