मेडिकलका विधार्थीको भरपर्दो रोजाइ
विराटनगर, असार ६ — कोशी र मधेश प्रदेशका विद्यार्थीहरूका लागि मेडिकल, इन्जिनियरिङ तथा अन्य प्राविधिक अध्ययनको तयारी गराउने उद्देश्यले स्थापित सेन्ट जेभियर इन्स्टिच्युट, विराटनगर १९ वर्षदेखि निरन्तर शैक्षिक सेवा प्रदान गर्दै आइरहेको छ।
संस्थाले विगतदेखि नै IOM, IOE, TU, PU, BPKIHS लगायतका प्रतिष्ठित शैक्षिक संस्थामा भर्ना हुने चाहना राख्ने विद्यार्थीहरूका लागि लक्ष्यमुखी तयारी कक्षा सञ्चालन गर्दै आएको छ।
इन्स्टिच्युटका अनुसार हाल सञ्चालनमा रहेका मुख्य तयारी कार्यक्रमहरूमा MBBS, BDS, BAMS, B.Sc. Nursing, B.Pharm, BPT, BPH, MLT/MIT, BASLP, OPTOMETRY, साथै B.E., B.ARCH, CMAT, CTEVT Entrance र +2 भर्ना अघि Bridge Course समावेश छन्।
संस्थाले विद्यार्थीको तयारीलाई थप प्रभावकारी बनाउन नियमित Mock Test, मूल्यांकन, र परामर्श सेवा समेत सञ्चालन गरिरहेको छ। अनुभवी शिक्षकहरूको सहकार्य, शैक्षिक वातावरण, र नतिजा–केन्द्रित पठनशैलीले विद्यार्थीहरूमा राम्रो नतिजा ल्याउन सहयोग पुर्याउँदै आएको संस्थाले जनाएको छ।
साथै ख्याति कमाएको ईन्स्टिच्युट भएको र विधार्थीहरुको बढ्दो मागका कारण चाडै नै कोरियन तथा जापनिज भाषाका कक्षा समेत संचालन हुने संचालक एकलब्य यादवले जानकारी दिए ।
विराटनगरको सन्सारिमाइस्थान नजिक अवस्थित यस इन्स्टिच्युटमा अहिले पनि नयाँ विद्यार्थीहरूको भर्ना प्रक्रिया सञ्चालनमा रहेको जनाइएको छ।
View : 727
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved