एमाले विराटनगर महानगर वैठक
विराटनगर, असार २८ । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो पूर्ण बैठकले विभिन्न विभागीय जिम्मेवारी तोक्दै आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना र बजेट पारित गरेको छ।
विराटनगरमा सम्पन्न बैठकले स्कुल विभागको प्रमुखमा अध्यक्ष बलराम गिरी र उपप्रमुखमा उपसचिव हिमा मैनालीलाई जिम्मेवारी दिएको छ।
संगठन विभागको प्रमुखमा सचिव विज्ञान चापागाई, कोष तथा वित्त व्यवस्थापन विभागमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा हमिद आजाद, निर्वाचन समितिको संयोजकमा विष्णु तामाङ र लेखा समितिको संयोजकमा बोधराज घिमिरे चयन गरिएको सचिव चापागाईले जानकारी दिनुभयो।
यसैगरी, समृद्ध विराटनगर कार्ययोजना कार्यदलको संयोजक अध्यक्ष बलराम गिरी र सदस्य सचिव विज्ञान चापागाई रहने निर्णय भएको छ।
बैठकले २०८२ सालको वार्षिक कार्ययोजना, त्यसको कार्यान्वयनका लागि कार्यतालिका र बजेट पनि अनुमोदन गरेको छ। कार्ययोजनामा जनसंगठन परिचालन, वडा कमिटी सुदृढीकरण, लेवी व्यवस्थापनजस्ता विषयलाई प्राथमिकता दिइएको छ।
महानगर कमिटीको सचिवालय सदस्यमा विष्णु पौडेल, राम पाण्डे, प्रमोद खतिवडा, तुलसी घिमिरे र संगीता देवलाई मनोनित गरिएको छ भने कमिटी सदस्यमा जितन थापा, प्रवेशकुमार लम्साल, अबोध गौतम र सुरेन शाक्य थपिएका छन्।
बैठकले प्रशिक्षण प्रतिवेदन पनि पारित गरेको छ। बैठकमा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला कमिटी इन्चार्ज जीवन घिमिरे, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र उपसचिव सन्तोष बान्तवालगायतको उपस्थिति रहेको थियो।
बैठकको अध्यक्षता महानगर कमिटी अध्यक्ष बलराम गिरीले गर्नुभएको थियो।
View : 388
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved