रहेनन सचिन
भाइरल बाल कलाकार सचिन परियारको निधन भएको छ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो।
गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए। भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनय समेत गरेका थिए।
पछिल्लो समय बुवा आमाका कारण सडकमा भेटिएका उनलाई आर्थिक सहयोग गरेर पुन: घरमा राख्ने बाताबरण देश बिदेशका नेपालीहरुबाट तयार भएको थियो ।
आज निधन भएका उनी प्रति सद्भाव देखाउदै सामाजिक संजालमा श्रद्धाञ्जली दिने क्रम बढेको छ ।
View : 289
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved