शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले बुधबार विराटनगरमा जिल्ला व्यापी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
होटल मनास्लुमा भएको कार्यक्रममा मोरङका विभिन्न निजी विद्यालयका प्रतिनिधि, शिक्षक, सञ्चालक तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा ऐनले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने भन्दै आवश्यक नीति सुधार र दबाबमूलक पहलका विषयमा छलफल गरिएको थियो।
अन्तरक्रियामा वक्ताहरूले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै राज्यले ल्याउन खोजेको व्यवस्थाले शैक्षिक क्षेत्रमा प्रतिकूल असर पार्ने चेतावनी दिएका थिए। उनीहरूले सामुदायिक विद्यालयलाई सबल बनाउन निजी क्षेत्रलाई समाप्त पार्ने होइन, बरु साझेदारीमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतसहित विभिन्न शैक्षिक संघसंस्थाका पदाधिकारीहरूले आ–आफ्ना धारणा राखेका थिए।
View : 148
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved