विराटनगर - लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।
गैसस महासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भएमात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे । जेनजी आन्दोलनपछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै उनीहरुले परिवर्तनलाई आत्मसात गरेर देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर र मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेकी थिइन् । सो अवसरमा जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जेनजी अगुवा प्रवेश दाहाललगायतले विषयवस्तुमाथि केन्द्रित रहेर आ–आफ्ना धारणा राखेका थिए ।
View : 57
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved