Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ सी ले १५००० डलर को बाढि पीडीत- तत्कालिन राहत वितरण गर्दै

-
अखवारका कुरा
१६ असोज २०८१, बुधवार

Advertisement

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ सीमा लायन्स अन्तर्राष्ट्रिय  फाउन्डेशनले हालैको बाढीबाट पीडित नेपालीका  लागि आपतकालिन सहयोग अन्तर्गत  १५००० अमेरीकी डलर वरावरको राहत वितरण गर्ने भएको छ । 


डिस्ट्रिक ३२५ सी का डिस्ट्रीक्ट गभर्नर बिकास अधिकारीका अनुसार नेपाल भरीका लागि एकलाख डलर भन्दा बढिको  तत्काल राहत  सहयोग गर्न लायन्स अन्तर्राष्ट्रियले प्रस्ताव स्वीकृत गरेको छ ।


थप जानकारी दिदै गभर्नर अधिकारीले भने " हाम्रो डिस्ट्रीक्ट  ३२५ सी (कोशी प्रदेश  ) मा अन्तर्राष्ट्रियको  पोलिसी अनुसार १५००० डलर वरावरको राहत तत्काल वितरण गरिने गरि लायन्स हेडक्वाटरमा रहेको लायन्स फाउन्डेसनले स्वीकृत गरेको छ ।" 

लायन्स अन्तर्राष्ट्रियले समय समयमा नेपालमा आवश्यकता परे अनुरुप स्वास्थ्य , शिक्षा तथा बिपतमा परेका नागरिकका लागि  विभिन्न सहयोग गर्दै आएको छ।  ।
 

View : 1038

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved