जेसीज सप्ताह
विराटनगर । ‘जमिनबाट नै सुरुवात हुन्छ जीवन,एकले ५ जना लाई सिकाऔ , स्वस्थ खानपान गरौ भन्ने नारासहित विराटनगरमा कौशी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । सचेतना कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा कृषि अभियन्ता लोकेन्द्र थापाको प्रशिक्षणमा सम्पन्न उक्त तालिममा सहभागीहरुलाई घरमै सब्जी उत्पादनका माध्यमबाट आत्मनिर्भर बन्ने तरिका सिकाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हरित विराटनगर अभियानका अभियन्ता पारुल क्षेत्रीले शहरमै हरियाली विस्तारका लागि कौशी खेती प्रभावकारी माध्यम भएको बताउँदै सबैले आफ्नो घरको छतलाई उत्पादनशील बनाउनुपर्नेमा जोड दिए ।
सहकारी अध्यक्ष राजन न्यौपाने,विराटनगर जेसीजका पूर्व अध्यक्ष घनश्याम राठी लगायत अतिथिहरूले पनि घरको सानो ठाउँलाई उपयोग गर्दै ताजा र विषरहित तरकारी उत्पादन गर्न यस किसिमका तालिम उपयोगी हुने बताएका थिए ।
कार्यक्रमका मुख्य संयोजक विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले युवाहरुले कृषिमा नयाँ सोचसहित जोडिनुपर्ने बताए । सो अवसरमा कार्यक्रम संयोजक रोशनी प्रधानले धन्यवाद ज्ञापन गरिन् भने अध्यक्षता विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले गरेका थिए ।
View : 1219
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved