Biratnagar, Morang, Nepal
खेलकुद

प्याब्सन प्रेसिडेन्ट नगर स्तरीय प्रतियोगिता; ग्रेडेड,मोर्डनएरा,सगरमाथा र गोदावरी स्कुल सेमिफाइनल प्रवेश

-
अखवारका कुरा
२८ मंसिर २०८२, आइतवार

Advertisement


विराटनगर । प्याब्सन प्रेसिडेन्ट विराटनगर स्तरीय छनोट प्रतियोगिता अन्तर्गत आज चौथो दिनको खेलमा ४ विद्यालय सेमिफाइनल प्रबेश गरेका छ्न ।

आज भएको पहिलो खेलमा ग्रेडेड स्कुलले डिपिएस स्कुललाइ १ ० गोल अन्तरले पराजित गरि बिजयी भएको छ । खेलको प्लेयर अफ द म्याच ग्रेडेडका सृजन श्रेष्ठ भएका छ्न । त्यसैगरी आजको दोश्रो खेल अर्पण स्कुल र मोर्डनएरा स्कुल बिच भएको थियो । मोर्डनएरा स्कुलले ट्राइबेकरमा ५ ४ गोलले पराजित गरि सेमिफाइनल प्रबेश गरेको छ । खेलको प्लेयर अफ द म्याच मोर्डनएराका गोलकिप्पर अन्जन काजी बस्नेत भएका छ्न ।

त्यसैगरी आजको तेश्रो खेलमा सगरमाथा स्कुलले सनसाइन स्कुललाइ ३ ० गोल अन्तरले हराएको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका आर्यन मरिक भएका थिए । त्यसै गरि आज भएको अन्तिम खेल बिराट शिक्षा निकेतन र गोदावरी स्कुल बिच भएको थियो जस्मा ट्राइबेकरको सदनदेथमा १ ० गोलले गोदवारी विजयी भएको छ । खेलको प्लेयर अफ द म्याच किप्पर सुजित यादब भएका थिए ।

View : 80

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved