विराटनगर – विराटनगर-३ दूध फारम पुर्व ट्रायल सेन्टर नजिकै निर्माण गरिएको ‘विराट फुटसल जोन’ शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आधुनिक संरचना, सुरक्षित खेल–मैदान र व्यवस्थित सेवासहित सुरु गरिएको यस फुटसलमा पहिलो दिनदेखि नै खेलप्रेमीहरूको आकर्षक भीड देखिएको छ।
संचालन पक्षले दिएको जानकारी अनुसार फुटसल जोन बिहान ६ बजे देखि राति १० बजेसम्म खुला रहनेछ।दिवाकालीन बेलुकी ५ बजे सम्म प्रतिघण्टा रु. १,२०० र रात्रिकालीन ५ बजे पश्चातका विशेष लाईटको साथ खेलिने खेलहरु प्रतिघण्टा रु. १,५०० शुल्क तोकिएको छ।
संचालक हरि बजगाईँले फुटसल सञ्चालन परियोजनाको पहिलो चरण मात्रै भएको बताए। उनका अनुसार केही समयमै गो–कार्ट ट्र्याक, अत्याधुनिक क्रिकेट एकेडेमी, स्केटिङ जोन र क्याफे समेत सञ्चालनमा ल्याइनेछ।“सबै संरचना पूरा भएपछि समग्र परियोजनाको भव्य उद्घाटन आयोजना गरिनेछ,” बजगाईँले बताए।
अर्का संचालक नवराज काफ्लेले मैदानमा उच्च गुणस्तरको टर्फ, प्रभावकारी लाइट सिस्टम, सुरक्षाको पर्याप्त व्यवस्था तथा सहज बुकिङ सुविधा उपलब्ध गराइएको जानकारी दिए।उनका अनुसार खेलाडीलाई सुरक्षित र व्यवस्थित वातावरण दिने उद्देश्यले विशेष ध्यान दिइएको छ।
स्थानीय युवामा खेलप्रतिको आकर्षण बढ्दै गएको बेला ‘विराट फुटसल जोन’ तथा विस्तार हुँदै गरेका अन्य सुविधाले विराटनगरलाई कोशी प्रदेशको नयाँ मनोरञ्जन तथा खेल–गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
View : 503
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved