अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र किर्गिस्तानबीचको खेलमा नेपाल १-० गोल अन्तरले बिजयी भएको छ ।
खेलको छैटौं मिनेटमा रेखा पौडेलले पोस्ट नजिकैबाट गरेको प्रहार गोलकिपरले बचाउन सफल भएकी थिइन भने रिबाउन्ड बलमा रश्मीले गोल गर्न सकिनन। उनको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो भने नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई निर्णायक जित दिलाउन सफल भइन ।
खेलको २१ औं मिनेटमा पनि सविताले अर्को उत्कृष्ट क्रस गरे पनि सविताको पासमा रश्मीको प्रहार फेरि पोस्ट बाहिर पुग्यो भने खेलको ४० औं मिनेटमा रेखा पौडेलको प्रहार क्रसबारको नजिकैबाट बाहिरियो ।
खेलको धेरै समय नेपाल हावी भएपनि करिब आधा दर्जन गोलका अवसरको सदुपयोग गर्न सकेन ।
सावित्रा भण्डारी साम्बा बेन्चमा छिन भने नेपालको सुरूआती ११ मा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बासँगै डिफेन्डर गीता राना, पूजा राना, विमला विक, निशा थोकर छन् । टिममा प्रिती राई, रेनुका नगरकोटे, सविता राना मगर, विमला चौधरी, रश्मी घिसिङ र रेखा पौडेल रहेका छन ।
जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंक जोडे पनि म्यानमार गोलको आधारमा पहिलो स्थानमा छ ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।
View : 194
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved