पुर्व क्षेत्रको पहिलो रोजाइको कलेज
विराटनगर, श्रावण २
विराटनगरस्थित अरनिको कलेज विज्ञान संकायले उच्च शैक्षिक नतिजा र छात्रवृत्तिका कारण विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ।
मेडिकल र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थी तयार पार्ने क्षमताले कलेजको प्रतिष्ठा थप बलियो भएको हो। यस वर्ष कक्षा ११ विज्ञानमा भर्ना हुन दुई हजारभन्दा बढीले प्रवेश परीक्षा दिएका थिए। तीमध्ये उत्कृष्ट नतिजा ल्याएका ११ सयभन्दा बढी विद्यार्थी छनोट भएर भर्ना भएका हुन्।
सोमबार आयोजित अभिमुखिकरण कार्यक्रममा विद्यार्थीलाई कक्षा सुरु हुनुअघि नै शैक्षिक वातावरण, पाठ्यक्रम, समय व्यवस्थापन र लक्ष्य निर्धारणबारे मार्गदर्शन गरिएको थियो। कार्यक्रम संयोजक विकास खनालका अनुसार असार १९ मा लिइएको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउनेलाई प्राथमिकतामा राखिएको हो।
कार्यक्रममा डा. तारा गिरीले ‘विज्ञान कसरी पढ्ने’ विषयमा प्रेरणादायी मन्तव्य राखे। डा. नविन शर्मा र लक्ष्मीप्रसाद अधिकारीले पनि शुभकामना दिएका थिए। विद्यार्थीको नृत्य र सांस्कृतिक प्रस्तुति कार्यक्रमको आकर्षण बनेको थियो।
उत्कृष्ट विद्यार्थीलाई विभिन्न पुरस्कार र छात्रवृत्ति प्रदान गरिएको थियो। प्रवेश परीक्षामा उच्च स्थान ल्याउने नितिशकुमार गुप्ता र छात्रवृत्तिमा प्रथम हुने मान्सी मण्डललाई ‘अरनिको प्रिन्सिपल छात्रवृत्ति’ दिइयो। त्रैमासिक परीक्षामा उत्कृष्ट हुने मञ्जिला आजो, सुलभ न्यौपाने र अजय लिम्बुलाई पनि पुरस्कृत गरिएको थियो।
कलेजका अनुसार हरेक वर्ष दर्जनौँ विद्यार्थीले मेडिकल प्रवेश परीक्षा पास गर्छन्। यसपटक बोर्ड परीक्षामा तेजबी आचार्य र राकेशकुमार साहले ३.९६ जीपीए ल्याएर टप गरेका छन्। हाल विज्ञान संकायमा २३ वटा कक्षा सञ्चालन भइरहेका छन् र नयाँ सत्र साउन ५ गतेदेखि सुरु हुने कलेजले जनाएको छ।
View : 310
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved