Biratnagar, Morang, Nepal
मनोरंजन

६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव

-
अखवारका कुरा
१६ कार्तिक २०८२, आइतवार

Advertisement


काठमाडौं । शाहरुख खानले आइतबार आफ्नो ६०औँ जन्मदिन पूरा गरेका छन् । बॉलीवुडका बादशाह को रुपमा चीनिने शाहरुखका फ्यानहरूले सधैं जस्तो यस वर्ष पनि मुंबईस्थित उनको निवास मन्नत बाहिरका सडकहरूलाई प्रेमको सागरमा परिणत गरेका थिए ।
फ्यानहरूले पोस्टर र ब्यानरमा वि लभ यु शाहरुख र जन्मदिनको शुभकामना किङखान लेखेर सडकमा घेराबन्दी गरेका थिए । उनको नामको जयजयकार र स्वरले मनत वरिपरि वातावरण उत्सवमय भएको थियो । धेरै फ्यानहरूले उनलाई केवल एक पटक मात्रपनि बाल्कोनीमा देख्न आशा गर्दै हजारौं किलोमिटर यात्रा तय गरेर आएका थिए ।
कोलकाताबाट आएका उनका एक समर्थकले ३३ घण्टा लामो रेल यात्रा गरी यहाँ पुगेको बताए । उनले एएनआईसँग भने, हामी कोलकाताबाट यहाँ आएका हौं । ३३ घण्टाको रेल यात्रा पछि पनि हाम्रो उद्देश्य एउटै छ — शाहरुखलाई देख्नु । हामी विश्वस्त छौं कि आज वा भोलि उनलाई देख्ने मौका पाउँछौं ।
शाहरुख खानको यात्रा पनि प्रेरणादायक छ । दिल्लीमा जन्मेका उनले १९८९ मा टेलिभिजन सिरियल फौजी बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि सर्कस लगायतका शोमा देखा पर्नुभएपछि १९९२ मा फिल्म दिवानाबाट बलिउडमा प्रवेश गरे । यो फिल्मले उनलाई फिल्मफेयर अवार्ड समेत दिलायो ।
उनको जीवनको निर्णायक मोड आयो १९९५ मा रिलिज भएको दिलवाले दुल्हनिया ले जाएंगेबाट । राजको भूमिकामा उनले रोमान्सको नयाँ परिभाषा प्रस्तुत गरे र किंग अफ रोमांस बने । त्यसपछिका वर्षहरूमा कभी खुशी कभी गम, स्वदेश, देवदास, माय नेम इज खान जस्ता फिल्महरूले उनको लोकप्रियता अझ बढाए ।
६० वर्षको उमेरमा पनि शाहरुख खान फिल्म उद्योग र फ्यानको मनमा वर्चस्व कायम राख्दै आएका छन् । एएनआई

View : 62

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved