काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । हिजो शनिबार राति सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका हुन् ।
मतदानमा खसेको कुल मत १४० बलामीले ९५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अध्यक्षकै प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत ल्याएर पराजित भएका थिए ।
अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
बलामीको नेतृत्वमा रहेको संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भएका छन् । रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नवीन गिरीले ६२ मत पाएका थिए । उपाध्यक्ष (कार्यक्रम)तर्फ भने कुमार आचार्य निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, उपाध्यक्ष (महिला)मा दीपज्योती थापाले ७५ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत पाएकी थिइन् ।
त्यसैगरी महासचिव पदमा गोपीकृष्ण चापागाईँले ५४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धि मनिष कार्कीले ४४ मत प्राप्त गरेका थिए । महासचिवका चार जना उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाएका थिए ।
संघको सचिवमा मदन रिजालले ९४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत पाउन सफल भए । सचिव (समावेशी) भने महम्मद जलिम निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्षमा मनिष अञ्जान दाहालले ७४ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, सह कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अर्जुन गुरागाईंले ६२ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिस्पर्धी भोला सुवेदी प्रनपले ४२ मत प्राप्त गरेका थिए ।
सदस्य पदका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुने सदस्यहरूमा सुशिल नेपाल, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा), रतनबहादुर चन्द, सालिकराम न्यौपाने, नवीन चापागाईं, दीपराज क्षेत्री रहेका छन् ।
अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
महाधिवेशनको निर्वाचन कमिटिमा अधिवक्ता कृष्ण ढुंगाना मुख्य निर्वाचन अधिकृत रहेका थिए । निर्वाचन मण्डलमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक माधवराज खरेल, पूर्वअध्यक्ष विदुर गिरी रहेका थिए ।
View : 32
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved