अमर सेवा समितिमा नयाँ नेतृत्व
अमर सेवा समितिको ४२ औं वार्षिक साधारण सभा चैत्र १४ गते सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति चयन गर्दै संस्थाको आगामी कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेको छ।
सभाबाट चयन भएको नयाँ कार्यसमितिले संस्थाको उचाइ वृद्धि गर्दै सामाजिक सेवा तथा संगठनात्मक गतिविधिलाई अझ सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आफूहरूलाई विश्वास गर्दै अमूल्य मत प्रदान गर्ने सम्पूर्ण सदस्य तथा परिवारजनप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै, संस्थालाई अझ सक्रिय, पारदर्शी र परिणाममुखी बनाउने प्रतिवद्धता पनि जनाइएको छ।
नयाँ कार्यसमिति
अध्यक्ष: बिमल नेपाल
उपाध्यक्ष: लक्ष्मी (गोपाल) प्रसाद रेग्मी
सचिव: भूषण पोमु
कोषाध्यक्ष: राजकुमार श्रेष्ठ
सह–सचिव: दिया ढकाल
सदस्यहरू: रामप्रसाद राई, पुष्पा साह, प्रमिला नेपाल, गणेश सुबेदी, बिरेन्द्र चौधरी र आकाश घिमिरे
सभाले आगामी कार्यकाललाई संस्थागत विकास र सामाजिक सेवामा नयाँ गति दिने अपेक्षा गरिएको छ।
View : 230
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved