विराटनगर। एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै ‘फेस अफ एसईई विराटनगर २०२६’ नामक प्रतिभा खोज प्रतियोगिताको घोषणा गरिएको छ। युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमलाई पूर्वाञ्चलकै ठूलो प्लेटफर्मका रूपमा लिइएको आयोजकले जनाएको छ।
कार्यक्रम रोनक फेसन एजेन्सी ले आयोजना गर्न लागेको हो। एजेन्सीका प्रमुख कार्यकारी अधिकृत रोनक अग्रवाल मोडलिङ तथा फेसन क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। उनले मिस्टर नेपाल, डिजाइनर्स रनवे, डिजाइनर अफ द इयर र फेस अफ नेपाल जस्ता कार्यक्रमहरूमा भूमिका निर्वाह गरिसकेका छन्।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न अवसर प्राप्त गर्नेछन्। उत्कृष्ट प्रतिस्पर्धीलाई विज्ञान तथा व्यवस्थापन विषयमा पूर्ण छात्रवृत्ति, ब्रान्ड सहकार्य, आकर्षक उपहार तथा व्यावसायिक मोडलिङ अवसर उपलब्ध गराइनेछ। साथै, राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर समेत प्रदान गरिने जनाइएको छ।
यस वर्षको संस्करणमा प्रकाश चौहान र मनीला ढकाल लगायतका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
विगत १२ वर्षदेखि युवाहरूको प्रतिभा पहिचान तथा विकासमा सक्रिय उक्त प्लेटफर्मले यसपटक पनि नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ। प्रतियोगिताको दर्ता खुला भइसकेकाले इच्छुक विद्यार्थीलाई छिट्टै आवेदन दिन आयोजकले आग्रह गरेको छ।
View : 148
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved