विराटनगर – आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै नेपाली कांग्रेस कोशी प्रदेशले आफ्नो प्रचार-प्रसारलाई अझ प्रभावकारी बनाउन नयाँ उप–समिति गठन गरेको छ।
मुख्य प्रचार-प्रसारको जिम्मेवारी बाबुराम कोईराला (वासु) लाई दिइएको छ भने सामाजिक संजाल तथा प्रचार-प्रसार समन्वय उप–समितिको संयोजकको जिम्मेवारी शुशील शिवाकोटीले पाएका छन्। यस समितिले पार्टी उम्मेदवारहरूको पक्षमा प्रचार-प्रसार र भौतिक कार्यहरूमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समितिमा ५५ जना सदस्यहरू मनोनित भएका छन्। सदस्यहरू सामाजिक संजालमा प्रचार-प्रसारलाई मजबुत बनाउन, पार्टीको सन्देश जनसमुदायसम्म पु¥याउन र निर्वाचनको समयमा भौतिक सहयोग पुर्याउन सक्रिय रहनेछन्।
सो समितिले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला संयोजक समेत चयन गरेको छ ।
समितिमा कोशी प्रदेशका विभिन्न जिल्लाका काङ्ग्रेस कार्यकर्ताहरु सदस्य रहेका छन्।
सञ्चार र समन्वय संयोजक शुशील शिवाकोटीले सदस्यहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र पार्टीको प्रचार-प्रसारलाई सफल बनाउने दिशामा सक्रिय हुन अनुरोध गरेका छन्। उनले सबै सदस्यलाई पार्टीको नीति, जनसम्पर्क र सामाजिक संजाल प्रवर्द्धनमा पूर्ण सक्रिय रहन अनुरोध पनि गरेका छन्।
नेपाली कांग्रेस कोशी प्रदेशको यस कदमले आगामी निर्वाचनमा पार्टीको संगठनात्मक शक्ति र प्रचार-प्रसार प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
View : 269
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved