कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

मुख्य न्यायाधिवक्ता कार्यालयद्वारा आयोजित आधुनिक समाजमा बिधि बिज्ञान र बैज्ञानिक प्रमाणको प्रयोग बिषयक तालिम सुरु ।

-
अखवारका कुरा
१२ माघ २०८०, शुक्रवार

 

मुख्य न्यायाधिवक्ता कार्यालय कोशी प्रदेश द्वारा आधुनिक समाजमा बिधि बिज्ञान र बैज्ञानिक प्रमाणको प्रयोग बिषयक ३ दिने  तालिम बिराटनगरको होटल इस्टर्न स्टारमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता तथा मुख्य न्यायाधिबक्ता रुपेश कोईरालाको सभापतित्वमा  सुरु भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की द्वारा उद्घाटन गरिएको उक्त तालिममा कोशी प्रदेशका  सरकारी वकिल, अधिवक्ता ,अदालतका प्रतिनिधि  प्रहरी अनुसन्धान अधिकृत ,विभिन्न सरकारी अस्पतालका चिकित्सक लगायतको सहभागिता रहेको छ । 

विधि बिज्ञानका देशमा मात्र नभएर बिदेशमा समेत परिचित प्राध्यापक डाक्टर हरिहर वस्तीको प्रमुख प्रशिक्षण तथा डाक्टर राजेश साह डाक्टर ज्वाला कडेल डाक्टर मनोज लिम्बू डाक्टर , डाक्टर सम्म्रीस्ठा धौवडेल र डाक्टर दिक्षान्त पोखरेलले विधि बिज्ञान र बैज्ञानिक प्रमाणको प्रयोगका सम्बन्धमा तालिम प्रदान गर्नेछन । 

कार्यक्रममा स्वागत मन्तव्य मुख्य  न्यायाधिवक्ता कार्यालयका साहयक न्यायाधिवक्ता रबिन सापकोटाले गर्नु भएको थियो । 

कार्यालयका प्रमुख उप न्यायाधिवक्ता राजेन्द्र बहादुर बस्नेतले विधि बिज्ञानका बिषयलाइ महत्व दिएर कार्यक्रम  आयोजना गरिएको र यस बाट समग्र प्रदेशमा विधि बिज्ञानसग सम्बन्धी बिषयमा अनुसन्धानमा सहजता आउने बिश्वास ब्यक्त गर्नुभयो । 

तालिमका  प्रमुख प्रशिक्षक प्राध्यापक डाक्टर हरिहर वस्तीले बर्तमान बिश्वमा विधि बिज्ञान सग सम्बन्धी बिषयमा जानकार हुनुपर्ने लास जाँच , मेडिकल जाच ,  अनुसन्धानमा काम गर्ने ब्यक्तीका लागि  आवश्यक भएको बताउदै कोशी प्रदेशमा समेत विधि बिज्ञान सग सम्बन्धि विशेषज्ञ प्रयाप्त रहेकाले उनिहरु मार्फत समेत कोशी प्रदेश सरकारले काम लिन सक्ने बताउनु भयो । कोशी प्रदेश मुख्यन्यायाधिबक्ता कार्यालयले कार्यक्रम राखेको मा आभार ब्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समग्र प्रदेशको सुशासनलाई अझ राम्रो बनाउनका लागि प्रदेश सरकारले अनुसन्धानात्मक कार्यमा सदैव सहयोग गर्ने बताउदै समाजमा सत्य तथ्य बिषय बाहिर ल्याउन अनुसन्धानले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । साथै कुनै घटना घट्नु भन्दा पनि घटना घट्नै नदिनका लागि अनुसन्धान केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । 

कोशी प्रदेशका मुख्य न्यायाधिबक्ता रुपेश कोईरालाले अपराधको कार्यशैलीलाई प्रबिधिको बिकासले आधुनिक बनाएका कारण यस सग संबंधित भएर अनुसन्धान अधिकृतहरुले समेत कार्य गर्नु पर्ने हुनाले यो तालिम पश्चात् हाम्रा अनुसन्धान अधिकृतहरु कार्यक्षेत्रमा कुशल रुपमा आफ्नो काम कार्वाहीलाई अगाडि बढाउन सक्षम हुने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा समेत मुख्य न्यायाधिवक्ता कार्यलयले प्राथमिकताका साथ यस किसिमका तालिमहरु आयोजना गर्ने बताउनु भयो।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved