कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ चयन

-
अखवारका कुरा
१४ वैशाख २०८१, शुक्रवार

विराटनगर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारीका रेग्मी, सह–सचिव राजिव गौतम र कोषाध्यक्षमा अस्मिता तामाङ चयन भएका छन् । सदस्यहरूमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि तामाङ, नमिरा शेख, गौतमकुमार मण्डल रहेका छन् । 

साधरणसभामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक ज्ञानेन्द्रबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सरस्वती घिमिरेलगायतको उपस्थिति थियो । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved