कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
प्रदेश

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ "C" को डिस्ट्रीक गभर्नर मा बिकास अधिकारी निर्वाचित

-
अखवारका कुरा
९ वैशाख २०८१, आइतवार

लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी को डिस्ट्रीक  गर्भनरमा विराटनगर मोरङ लायन्स क्लबका सस्थापक अध्यक्षका रुपमा सेवा गर्दै बिगत डेढ दशक देखि लायन्स मार्फत सेवा तथा परोपकारी कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाएका विकास अधिकारी निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट  वर्ष २०२४/ ०२५ का लागि अधिकारी  डिस्ट्रिक गभर्नरमा निर्वाचित भएका हुन् ।

यसैगरी अधिकारी गर्भनर रहेको डिस्ट्रीकको  प्रथम उपाध्यक्षमा झापा दमकका बबरजङ्ग थापा निर्वाचित भए भने  द्धितिय उपाध्यक्षमा झापा सुरुङ्गाका लिलाप्रसाद चिमरिया निर्वाचित भए। द्धितिय उपाध्यक्षमा चिमरियासँग मोरङ उर्लाबारकिा कोमल शाक्य प्रतिस्पर्धामा थिए ।   लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी मा १४५ क्लव आवद्ध रहेको मा  १२० क्लवले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए । यस पटकको अधिवेशनमा १८९ जना मतदाता रहेको डिस्ट्रीकको चुनाव बिराटनगरको होटल स्वागतमको सभाहलमा सम्पन्न भएको थियो । 

गभर्नरमा निर्वाचित अधिकारीले आफू क्लब स्थापना गरेको बखत नै सेवामा १०० दिन कार्यक्रम मार्फत समाजिक कार्यमा लागेकाले जहाँ  आवश्यक्ता त्यहा लायन्सको नारालाइ आत्मसाथ गर्दै सामाजिक कार्यमा सम्पुर्ण क्लबहरुलाइ साथमा लिएर   प्राथमिकताका साथ अघि बढ्ने बताए।  उनले लायन्स क्लव इन्टरनेशनल फाउण्डेनको अनुदानमा सञ्चालित परियोजनाहरुलाई प्राथमिकतामा राखेर लायन्स अन्तर्राष्ट्रिय बाट बढी भन्दा बढी परियोजनालाई डिस्ट्रीक मा ल्याएर आम जनताको सेवामा अघि बढ्ने र एक बर्षे कार्यकाललाई परिणाममुखी बनाएर बिदा हुने बताए । 

जुलाइ १ देखि सुरु हुने लायन्सको कार्यकाल एक बर्षको हुने गर्दछ र हरेक बर्ष अधिबेशन मार्फत लायन्सको नेतृत्व परिवर्तन हुने गर्दछ । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved