कन्चंबारी, बिराटनगर
७ जेठ २०८१, सोमवार
९७०४५०४६७५
शिक्षा

नयाँ भर्ना भएका बिद्यार्थीलाई नमुना बिद्या मन्दिरको स्वागत कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२१ वैशाख २०८१, शुक्रवार

नमुना विध्या मन्दिर स्कुलले यस वर्ष भर्ना भएका नर्सरी बाट कक्षा ९ सम्मका १५७ नयाँ  विध्यार्थी लाई स्वागत कार्यक्रम आयोजना गरेको छ । 

बिधालयमा स्थापित नमुना बाल क्लवको आयोजनामा गरिएको कार्यक्रम को अध्यक्षता प्रिन्सिपल शिवप्रसाद अधिकारीले गर्नु भएको थियो। कार्यक्रम मा नयाँ तथा पुराना विध्यार्थीहरुले नृत्य देखाएका थिए। 

नव आगन्तुक विध्यार्थीहरुलाइ प्रिन्सिपल शिवप्रसाद अधिकारी र ममता अधिकारीले टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो । 

कार्यक्रम मा स्वागत मन्तव्य कक्षा १० की मान्सी मन्डलले गरिकी थिइन भने शिक्षक कृष्ण तामाङले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

नयाँ विध्यार्थी को तर्फबाट कुसुम बस्नेत कक्षा ९ ले  अनुभव ब्यक्त गरेकी थिइन । 

नमुना बिध्या मन्दिर बिराटनगर क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बिधालयका रुपमा परिचित छ । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved