कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

गोग्राहा कलेजको आयोजनामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

१५ वैशाख २०८१, शनिवार

विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । 

पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । समय र परिस्थिति अनुसार क्षमता विकास कार्यक्रमलाई अगाडी बढाउनुपर्ने आवश्यकता महशुस गरेर कलेजले तालिम आयोजना गरेको क्याम्पस प्रमुख गोबिन्द अधिकारीले बताए । 

‘समय अनुकुल हामीले आफ्नो क्षमता विकास गर्नुपर्दछ र समय अनुकुल नै अनुसन्धानका बारेमा हाम्रा लेख रचनाहरूलाई अगाडी बढाउनुपर्छ’, उनले भने, ‘हामी यो भन्दा पछाडी आउने शैक्षिक उपलब्धिमा पनि क्रियाशिल भएर अगाडी बढ्नुपर्दछ, त्यही कार्यले हामी र हामीभन्दा पछाडीको पुस्तालाई सहयोग पुर्याउने छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।’

तालिममा गोग्रहा कलेजबाट १७, जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट ३, करफोक विद्या मन्दिर इलामबाट २ जना प्राध्यापकहरूको सहभागिता रहेको छ । यसैगरी मदन आश्रित स्मृति बहुमुखी क्याम्पसबाट २, पब्लिक क्याम्पसबाट ३, सरस्वती पब्लिक क्याम्पस दादरबेरियाबाट ३ र हरिनगर बहुमुखी क्याम्पस सुनसरीबाट ३ जना प्राध्यापकको उपस्थिति गरेको छ । 

प्राध्यापकहरूलाई प्रमुख प्रशिक्षक प्रा.डा. पेशल खनाल र प्रशिक्षक सह प्राध्यापक टोलनाथ काफ्लेले प्रशिक्षण दिनेछन् ।

उद्घाटन कार्यक्रममा पूर्वाञ्चल विश्वविललयका परीक्षा नियन्त्रक बालेन्द्र हमाल, गोग्राह कलेज व्यवस्थापन समितिका अध्यक्ष दिपक चापागाईँ, क्याम्पस प्रमुख अधिकारी, पूर्वाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदु कुमार खतिवडा, गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतम, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो । 
 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved