कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
स्थानीय

लेटाङ जेसीज वर्ष २०२४ को अध्यक्षमा युवा व्यवसायी दुर्गा प्रसाद घिमिरे निर्वाचित

-
अखवारका कुरा
१९ पुष २०८०, बिहिवार

लेटाङ जेसीज वर्ष २०२४ को अध्यक्षमा युवा व्यवसायी दुर्गा प्रसाद घिमिरे निर्वाचित भएका छन । बुधबार झापाको कन्काई २ स्थित जामुनखाडी सिमसारमा सम्पन्न २१ औं अधिवेशनबाट लेटाङ ५ निवासी घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन । 

 कार्यकारी उपाध्यक्षमा इश्वरी अधिकारी (इन्केश) र संगिता श्रेष्ठ, उपाध्यक्षमा सुगम वस्ती र अमर विक तथा सचिवमा प्रज्ज्वल ढकाल सर्वसम्मत निर्वाचित हुनु भएका छन  । यस्तै अध्यक्षद्वारा मनोनयन गरिने कानुनी सल्लाहकारमा छत्र कुमार निरौला (सबिन), महासचिवमा अमृत कार्की र कोषाध्यक्षमा सुदन दाहाल मनोनित गरेका छन। 

 

माघ ६ गते निर्वाचित तथा मनोनित सदस्यहरूको पदस्थापन तथा सपथग्रहण  गरिने नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।  अध्यक्षमा निर्वाचित घिमिरे ल्यायन्स क्लव अफ लेटाङको पूर्वअध्यक्ष तथा ग्रीन पिस पार्टी प्यालेस लेटाङको सञ्चालक समेत हुन। 

लेटाङ जेसीज वर्ष २०२३ का अध्यक्ष सुनिल चौधरीको कार्यकाल सकिएपछि अध्यक्ष  भएका घिमिरेले  जेसीजको विधान अनुसार एक ब्यक्ती एक पद एक कार्यकाललाई आत्मसात गर्दै एक बर्ष भरी आफ्ना गतिविधि संचालन गर्ने छन । 

 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved