कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र को डिपिआर सम्झौता कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
३ माघ २०८०, बुधवार


           

 प्रदेश बिपद ब्यवस्थापन ऐन ,२०७५ को दफा ३८ ले दिएको अधिकार अन्तर्गत प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यबिधी,२०७९ तयार गरि लागू गरेको छ ।

 यस कार्यबिधिका आधारमा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुनसरी जिल्लाका तीन स्थानीय तहहरु कोशी गाउपालिका,भोक्राहा नर्सिङ गाउपालिका र बराहक्षेत्र नगरपालिका सग बुधबार मन्त्रालय को सभाहलमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापनाका लागि ओएमयु गरेको छ ।

त्यसैगरी मोरङ जिल्लाका चार स्थानीय तहहरु रङ्गेली नगरपालिका ,सुनबर्सी नगरपालिका ,कानेपोखरी गाउपालिका र धनपालथान गाउपालिका सग पनि मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापनाका लागि समझदारी भएको छ ।

 त्यस्तै तेह्रथुम जिल्लका दुई स्थानीय तहहरु आठराइ गाउपालिका र फेदाप गाउपालिका सग पनि मन्त्रालयको सभाहलमा ओएमयु भएको छ  । झापा जिल्ला अन्तर्गतका अर्जुनधारा ,बुद्धशान्ति  गाउपालिका , कन्काइ र बिर्तामोड नगरपालिकामा अघिल्लो आ.ब.मै सम्झौता भइ कार्यान्वयनमा गइसकेको छ ।
                   माघ ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सम्बन्धित स्थानीय तहहरु सगको संयुक्त बैठकले सो बिस्तृत परियोजना प्रतिबेदन र लागत अनुमान स्वीकृत गरेको छ ।

सो कार्यक्रममा आफ्ना भनाइ राख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले प्रदेश सरकार  बिपद ब्यवस्थापन लाई अत्यन्त महत्व र प्राथमिकता मा राखेर कार्य गर्ने बताए 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved