कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
प्रदेश

रोग लाग्ने बित्तिकै उपचार खर्च दिदै सुर्य ज्योति लाइफ

-
अखवारका कुरा
१४ माघ २०८०, आइतवार

 

सुर्यज्योति लाईफ इन्स्योरेन्सले घातक रोगको उपचारको लागि मोरङको धनपालथान-६ मा बस्दै आउनु भएका राकेश कुमार राजबन्सीलाइ लाई बीमा सम्झौता बमोजिम १४,५५,०००(अक्षेरुपी रु चौध लाख पच्पन्न हजार रुपैयाँ) प्रदान गरेको छ । बिमीत राजबन्सीकै घरमा गएर शाखा प्रबन्धक कबिराज दाहाल एवं अभिकर्ताहरुको टिमले सो घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । हाल कोरोनरी आर्टरीको उपचारको क्रममा रहेका राजबन्शी सुर्यज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले उपचारको लागि ठूलो राहत पाएको  अनुभव गरेको साथै उक्त रकम लाई मुटुको भल्ब शल्यक्रिया गर्ने र बाकी रकम बचेको खण्डमा उक्त रकम लगानी गर्ने समेत जानकारी दिएका छन। जीवन बिमाले मृत्युमा मात्र नभइ घातक रोगमा समेत रकम प्राप्त गर्दा आफुलाइ उपचारमा राहत पुगेको उनी बताउछन ।
१८ महिना पहिले १४,५५,००० बीमाङ्कको घातक रोग सुविधा सहितको विमा पोलिसी रु.८०,००० मा  खरिद गरेको र  सोही ३५ घातक रोग सम्झौता नम्बर ३२ मा कोरोनरी आर्टरी समस्या प्रमाणित भएकोले उपचार खर्च बापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
सुर्यज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत अधिकतम् ५० लाखसम्म दावी भुक्तानी गर्ने गर्दछ। मानिस हरुको खान पान र जिवनसैली ले गर्दा हाल धेरै नै घातक रोगको सिकार बनिरहेको र आर्थिक कठिनाइको अवस्थामा सुर्यज्योतीका विभिन्न बिमा पोलिसीले सहयोग गरिरहेको कुरा बिराटनगर शाखाका कर्मचारीहरुले बताएका छ्न।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved