कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

इन्द्रपुर जेसिजको पदस्थापना सम्पन्न , अध्यक्षमा उत्सव थापा

-
अखवारका कुरा
१९ पुष २०८०, बिहिवार

 

 

 

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको छैटौं  पदस्थापन  सम्पन्न भएको छ ।


इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा सम्पन्न पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी थिइन् ।

त्यसैगरी जुनियर जेसिज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष थापाले २०१८ देखीको आफ्नो जेसिज यात्राका क्रममा भोगेका देखेका बुझेका अनुभव हरुलाइ अझ परिस्कृत गर्दै आफ्नो  कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गति विभिन्न गतिविधिहरु प्राथमिकतामा राखेर काम गर्ने तथा नेपाल जेसिजको तर्फका यात्रालाइ अघि बढाउन समेत कार्य गर्ने उद्घोष गरे । 

 त्यस्तैबर्ष २०२४लाई अघि बढाउन विभिन्न पदहरुमा मनोनयन समेत गरेका छन । जसमा महासचिव मा आकाश दुलाल निर्मल अधिकारीलाई कोषाध्यक्षमा ,  झमक बहादुर कार्कीलाई  कानुनी सल्लाहकारमा, तालिम निर्देशकमा  अजित बान्तवा शाखा सम्पादकमा  एलिस ओझालाई मनोनयन गरे । 

पदस्थापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा ,कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी , सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाई , पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल ,नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भिम कुँवर , नेपाल जेसिजका कोषाध्यक्ष खेमराज थापा राष्ट्रिय उपाध्यक्षहरु योगेश राजबन्शी , घनश्याम चौधरी , बहादुर तामाङ तथा विभिन्न शाखाका जेसिज अध्यक्षहरू लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।

जेसिजको हरेक अङ्ग्रेजी बर्षको जनवरि १ देखि कार्यकाल सुरु भएर एक बर्ष सम्म रह्ने तथा एक ब्यक्ती एक बर्ष एक पदको सिद्धान्तमा नेतृत्व परिवर्तन हुने गरेको छ ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved