कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
स्वास्थ्य

औषधि ब्यबसायी संघ मोरङको चुनाव : सुदिन ध्वज श्रेष्ठको प्यानल आक्रामक चुनावी अभियानमा

-
अखवारका कुरा
२५ पुष २०८०, बुधवार

४१५ जना सदस्यीय रहेको औषधि ब्यबसायी संघ मोरङको यहि पौष २८ गते हुने निर्वाचनका लागि सुदिन ध्वज श्रेष्ठको समूह तिब्र चुनावी अभियानमा होमिएको छ । 
नयाँ सोच सहितको समावेशी समूह भएकाले आफुहरुको जित निश्चित जस्तै रहेको अध्यक्षका आकाक्षी श्रेष्ठले बताए । 

श्रेष्ठको समुहमा वरिष्ठ उपाध्यक्षमा बिनोद यादव , उपाध्यक्ष थोकमा जितेन्द्र कुमार रजक (जितु),उपाध्यक्ष खुद्रामा मुकेश श्रीवास्तव,महासचिवमा अरुण कुमार ठाकुर ब्राह्मण ,कोषाध्यक्षमा मनोज कुमार मण्डल, सचिवमा सुधन पौडेल ,उप कोषाध्यक्षमा राजकुमार यादब ,सद्सयमा अन्जु बस्नेत (थोक), शकर यादब (खुद्रा) र अन्य सद्सयमा अरबिन्द कुमार मण्डल , गौरवप्रसाद  साह र किरण कुमार चौधरी रहेका छन । 

बिगत २५ बर्ष देखि औषधि ब्यबसायमा सम्लग्न भएका श्रेष्ठको प्यानलमा अनुभव र नया जोशको संमिश्रण रहेकाले औषधि ब्यबसायीको हक हितमा प्रचारमुखी भएर हैन सेवामुखी भएर संघ अघि बढ्ने र प्रदेशको राजधानी भएको जिल्ला मोरङमा जम्मा ४१५ मात्र सद्सय देखीनु बिडम्बना भएको बताउदै अध्यक्षका आकाक्षी श्रेष्ठले सबै औषधि व्यावसायि एनसिडिएको सदस्यता लिएका ब्यवसायी को अवधारणा लिएर हरेक ब्यबसायीको माझमा पुग्ने , एक्स्पायरी ब्यब्स्थापनलाई ब्यबहारिक बनाउन कार्य गर्ने , परामर्शदाताको रुपमा रहेका ब्यवसायीलाई प्रबिधिमैत्री , दक्ष र ब्यवसायिक बनाएर समाजमा स्थापित गराउन आफ्नो ध्यान केन्द्रित हुने , औषधि ब्यबसायी पसलेमात्र नरहेर जनताको स्वास्थ सहयात्री रहेकाले सोहि अनुसारका योजना ल्याएर दक्ष बनाउने , स्थानिय तह सग समन्वय गर्दै स्थानीय तह तथा औषधि ब्यबस्था बिभाग सग समन्वय गरेर क्षमता अभिबृद्धीका विभिन्न बिषयमा ध्यान केन्द्रीत गर्ने , औषधि ब्यवसायीका सम्स्यालाइ सम्बोधन गर्न अधिक पहल गर्ने लगायतका योजना लिएर श्रेष्ठ समूह चुनावी अभियानमा होमिएको छ । 

यहि पौष २८ गते हुने अधिबेशनले नया कार्यसमिति चयन गर्ने र आम ब्यवसायीको हक हितलाइ केन्द्रमा राखी अघि बढ्ने समुहको मुख्य उदेश्य बोकेर चुनावी प्रतिस्पर्धामा होमिएको  समुहले "ब्यबसायिक एकता आज को आवश्यकता " जस्तो पबित्र उदेश्य लिएर अघि बढेको हुँदा अत्यधिक मतका साथ बिजयी हुने बिस्वास रहेको  सचिव पदका उमेदवार सुधन पौडेलले बताए ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved