कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
मनोरंजन

म अन्धो भएको छु

-
अखवारका कुरा
२३ पुष २०८०, सोमवार

 

 

म हिजोआज त्यति राम्रोसँग अाँखा देख्न छोडेको छु।
मेरा अाँखामा अन्याको बादल बसेकाले दृष्टि घटेको छ।
अाँखाको नानी भित्र लोभी पानी  भरिएको छ।
न्यायिक नशा सुकेका  छन मधुरो भएको छ।

म ठुलो ठुलो  घटना र काण्ड हरु
देख्न छोडेको छु।
मेरा अाँखामा स्वार्थ लुकेर बसेका कारण दृश्य  देख्न सक्दिन ।
अहंकार , घमण्ड ले परेला भित्र डेरा  बसेका छन् ।
सत्यतथ्य के छ त्यति छुट्टयाउन   दृष्टि घटेको छ।

बेलाबेलामा  अपहेलित दृष्टि ले
भित्र जल्दै गर्दा ।
निस्केको अाँखाको पानीले  नैतिकता , इमानदारिता , म भित्र भएको स्वाभिमान बगाएर सकिएकाले 
 मेरा  दुरदर्शिता घटेको छ  मन बिचलित भएको छ।
सत्य , झूट छुट्टाउनु नसक्ने गरेर अाँखामा अपराधी बादल बसेको छ।

नागरिकका समस्य  देशको भविष्य दृष्टिकोणबाट देख्न छाडेको छु।
लोभ , भ्रष्ट बिचार दिमागमा खेलिरहेका छन् ।
अाँखा मधुरो पारिएका छन् न्याय अन्याय छुट्टयाउन सक्ने दृष्टि घटेको छ।

म हेरिरहेको छु दिन दिनै नागरिक मारिएका छन् 
मरेका छन 
न्याय खोज्न भिड लागि रहेको छन् ।
चर्को स्वर गरेर न्याय खोजीमा ध्वनि गुजि्ररहेको छ।
   भएका सबै गतिविधि हेरिरहेका अाँखा नदेखिने गरि 
चुपचाप छन।
म दृश्य हेरेर अन्धा भएको छु।
जसरी  यो देशको सरकार पनि ।

तिलक थापा 
अरुण गाउँपालिका   ७  मैदाने
भोजपुर

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved