कन्चंबारी, बिराटनगर
७ जेठ २०८१, सोमवार
९७०४५०४६७५
प्रदेश

सिमसार क्षेत्रलाई प्रदेशकै आकर्षक पर्यटकीय क्षेत्रको रूपमा बिकास गरिनेछ - आन्तरिक मामिला तथा कानुन मन्त्री राई

-
अखवारका कुरा
२० माघ २०८०, शनिवार

                

आन्तरिक मामिला तथा कानुन मन्त्री  शमशेर राईले नमुना सामुदायिक बन उपभोक्ता समिती हसिना सिमसार संरक्षण तथा पर्यटन बिकास सस्था द्वारा आयोजित विश्व सिमसार दिवस २०८० कार्यक्रम मा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको छ ।" मानिस र प्रकृतिका लागि सिमसार बचाउने  कदमहरुका रूपमा सिमसार क्षेत्र हरुको जगेर्ना" भन्ने मुल नाराका साथ  मोरङको सुन्दर हरैचामा उक्त कार्यक्रम आयोजना गरिएको थियो। 
              २०६८ साल बाट हसिना सिमसार क्षेत्र सन्चालनमा आएको हो।सन्चालनमा आएको छोटो समयमै आन्तरिक पर्यटक हरुको रोजाइमा पर्न सफल यस सिमसारमा डाइनासोर, डाफे,पृथ्वी ,नाग,गोहि आदिका मूर्तिकला रहेका छन।
           कार्यक्रममा आफ्ना कुराहरु राख्नु हुँदै मन्त्री राइले प्रदेश सरकार सिमसार क्षेत्रहरुको संरक्षण प्रवर्द्धन गर्ने कुरामा सदैब एक कदम अगाडि रहने बताउदै ,सरकारको नीति तथा कार्यक्रममै यस्लाइ प्राथमिकताका साथ राखेर कार्यान्वयनमा लगिने कुरा जनाउनुभयो। यस सिमसार क्षेत्र लाई प्रदेशकै आकर्षक पर्यटकिय क्षेत्रको रूपमा बिकास गर्दै पर्यटन प्रवर्द्धनमा समेत प्रभावकारि रूपमा बिकास गर्दै लगिने कुरा मन्त्री राइले व्यक्त गर्नुभयो।
           हसिना सिमसार क्षेत्रका अध्यक्ष घनश्याम न्यौपानेले स्थानीय भन्दा आगन्तुक हरुको भिड हुने गरेको कुरा बताउनुभयो। उक्त कार्यक्रममा हसिना सिमसार क्षेत्रका अध्यक्ष घनश्याम न्यौपाने ,स्थानीय तहका जनप्रतिनिधिहरु, राजनैतिक दलका नेता तथा कार्यकर्ता ,सिमसार संरक्षणका सरोकारवाला हरु लगायत का ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved