कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

जैविक बिबिधता ,कृषि ,बन्यजन्तु संरक्षण ,पर्यटनको प्रवर्द्धन र बिकास मा सिमसार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने: आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई

-
अखवारका कुरा
२० पुष २०८०, शुक्रवार

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले  गृह जिल्ला माइ नगरपालिका इलाममा तेस्रो १३कुने सिमसार महोत्सव २०८० को समापन कार्यक्रममा सहभागि भएका छन ।

  सिमसार क्षेत्र कुल ४१७ रोपनी जग्गामा अवस्थित रहेको माइ नगरपालिका इलामका प्रमुख खम्बासिंह लिम्बुले जानकारी दिए। 

जैविक बिबिधता ,कृषि ,बन्यजन्तु संरक्षण ,पर्यटनको प्रवर्द्धन र बिकास मा सिमसार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने भएकाले प्रदेश  सरकार आहिले ,कानुन बनाएर  सबै कुरालाई ब्यवस्थित गरि अघि  बढ्नेमा  केन्द्रित रहेको मन्त्री राई ले जानकारी दिए । 
             आफू कानुनमन्त्रीको जिम्मेवारीमा आइसकेपछि छोटो समयमा अत्यन्तै महत्वपूर्ण तीनवटा ऎन पास भएको र ती मध्ये एउटा ऎन प्रदेश सरकार अन्तर्गतका कर्मचारी ब्यवस्थापन गर्ने ऎन दोस्रो स्थानीय तह सन्चालन गर्ने ऎन र तेस्रो सामुहिक कर संकलन ऎन रहेको मन्त्री राइको भनाइ थियो । 
            अब कुनैपनि स्थानीय तहमा कर्मचारीको अभाव भएर कार्य सम्पादनमा अवरोध नआउने त्यस्तै पहिचानको सन्दर्भमा आफ्नो कुरा राख्दै आफू आफू बीचको लडाइँले पहिचान लाई सुरक्षित गर्न नसकिने र सबै मिलि एकीकृत भएर अगाडि बढ्दा मात्रै पहिचान लाई जोगाउन सकिने मन्त्री राईले बताए । 

उक्त कार्यक्रममा प्रदेश सासद  खगेश्वरी अधिकारी लगायत इलामका  स्थानीय तहका पालिका प्रमुख -उपप्रमुखहरुको उपस्थिति रहेको थियो।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved