कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
प्रदेश

NTD सम्बन्धि समन्वय बैठक सम्पन्न

-
अखवारका कुरा
१५ फागुन २०८०, मङ्गलवार

कोशी प्रदेश, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा NTD मा कार्य गर्ने संघ सस्थाहरु सँग समन्वय बैठक निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतको अध्यक्षतामा सोमबार विराटनगरमा सम्पन्न भयो ।

निर्देशनालयले NTD को कोशी प्रदेशको अवस्थाको बारेमा प्रष्ट पारिसके पछि  सस्थाहरुले गर्दै गरेको क्रियाकलापको प्रस्तुति गरिएको थियो ।

छलफलमा किटजन्य रोग बढदै गएको, समयमा समन्वय हुन नसकेको कुराको उठान भएको थियो । किट्जन्य रोगको निरन्तर खोज गर्ने, रुग्णता नक्सान्कन तथा अपांगत पहिचान गर्ने र प्रदेश स्तरीय NTD निर्देशन समिति केन्द्रिय तह संग समन्वय गरि तय गर्ने, हातिपाईले रोग निवारणको लागि झापा जिल्लामा सबैको समन्वयमा सक्रिय रुपमा कार्य गर्ने निर्णय भएको कुरा निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved