कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
खेलकुद

नेपाल क्रीकेट संघको बार्षिक क्यालेन्डर घोषणा भएको छ

-
अखवारका कुरा
१९ पुष २०८०, बिहिवार

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार यो वर्षको वार्षिक क्यालेन्डर प्रकाशित गर्दै यो वर्ष राष्ट्रिय टोलीको पुरुष र महिला तथा यू-१९ टोलीले झन्डै तीन दर्जन शृंखला खेल्ने जानकारी दिएको छ ।

नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीले वर्ष २०२४ मा विश्वकप लिग-२ का तीन शृंखला खेल्ने छ 

जसअनुसार नेदरल्यान्ड्स र नामिबिया फेब्रुअरीमा नेपाल आएर लिग-२ को शृंखला खेल्ने छन भने  लिग-२ को पहिलो यो शृंखला फेब्रुअरी १७ बाट सुरु हुनेछ । 

२०२७ को एकदिवसीय विश्वकप क्रिकेटका लागि यो लिग-२ छनोटको आधार रहेको प्रतियोगिताका रुपमा रहेको छ 

लिग-२ को यो शृंखला अगाडि क्यानाडा तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नेपाल आउने र खेल फेब्रुअरी १० देखि १४ सम्म हुनेछ । क्यानाडा थप १० दिन नेपाल बसेर मुलपानीमा प्रशिक्षण गर्नेछ र सोक्रममा नेपाल ‘ए’ सँग केहि खेल खेल्ने कार्यक्रम तय भएको छ । 

नेपालले लिग-२ को थप दुई खेल विदेशी भूमिमा गएर खेल्ने र सेप्टेम्बरमा क्यानाडामा क्यानाडा र ओमान तथा अक्टोबरमा स्कटल्यान्ड र अमेरिकासँग अमेरिकासँग खेल्ने तालिका छ । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved