कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
प्रदेश

इलाम दुईमा कांग्रेसबाट भेषराजको टिकट लगभग पक्का

-
अखवारका कुरा
१५ चैत २०८०, बिहिवार

इलामको क्षेत्र न.२का लागि नेपाली कांग्रेस बाट ७ जना आकाङ्क्षीको नाम सिफारिस भएको छ ।
  इलाम क्षेत्र न.२ क्षेत्रीय कार्यसमितिले इलाममा कार्यकर्ता माझ लोकप्रिय पुराना नेता भेषराज आचार्यको नाम पहिलो नम्बरमा सिफारिस गरिसकेको छ। इलाम जिल्ला कार्यसमितिले समेत भेषराज आचार्य नै चुनाब जित्ने एकमात्र उम्मेदवार भएको निष्कर्ष  निकाल्दै पहिलो नम्बरमै सिफारिस गरिसकिएको कुरा समितिले जनाएको छ। 
इलामका विभिन्न पालिकाहरुमा पुगेर स्थानीय जनता सग अन्तर्कृया र छलफलका क्रममा आचार्य पार्टीका शालिन र बौद्धिक ब्यक्ति भएको र सबैलाइ मिलाएर पार्टी लाई एक बनाएर लान सक्ने खुबी भएको नेता रहेको स्थानीयले बताएका छन ।


इलाम २ का क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले भने क्षेत्रीय समिति को बैठक बाट पहिलो नम्बरमा महासमिति सदस्य एबम महाधिवेशन  प्रतिनिधि भेषराज आचार्यको नाम समाबेश गरेर पठाएका छौ।


आधिकारिक उम्मेदवार बन्नका लागि कांग्रेसका अधिकाङ्स नेताहरु काठमाडौं केन्द्रित छन । एक नम्बर मै नाम सिफारिस भएपछी आचार्य समुह उत्साहित छ ।

केन्द्रले पनि यसपाली  ग्रास रुट्मा भिजेको र पार्टी लाई मिलाएर लैजान सक्ने नेताको रूपमा आचार्य लाई नै लिएको स्रोतले जनाएको छ । नाम नजनाउने शर्तमा कांग्रेसका एक प्रभावशाली नेताले  लगभग पार्टीले आचार्य लाई नै उम्मेदवार बनाउने तय गरिसकेको जानकारी गराएका छन ।
इलाम ०२ मा कांग्रेसका अन्य आकाङ्क्षीहरुमा पुर्व साम्सद केशव थापा ,सम्बिधान् सभा सदस्य नगेन्द्र कुमाल ,जिल्ल सभापति डम्बर खड्का ,नेता रमेश लिङ्देन,चन्द्रकला राई,चन्द्रमाया तामाङ रहेका छन ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved