कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

अनुसाशित चालक, सुरक्षित सडक अभियान सुरु

-
अखवारका कुरा
७ माघ २०८०, आइतवार

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेश इटहरीको समन्वयमा प्रदेश स्तरीय अनुसाशित चालक, सुरक्षित सडक अभियान शुक्रबार सुरु भएको छ । प्रदेश सरकारले मोरङ र झापाबाट 'अनुसाशीत चालक, सुरक्षित सडक' अभियानको शुरूवात गरेकाे हाे । मुख्यमन्त्री कार्कीले विराटनगर स्थित रानी र नेमुवामा कार्यक्रम आयाेजना गरी उक्त अभियान सुरू गरेका छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले काकरभिट्टा झापाबाट सुरु गरेका छन । कोशी प्रदेशभरिका सवारी चालकहरुको लागुऔषध तथा मादक पदार्थ सेवनका साथै आखा जाँच अभियान सुरु गरिएको हाे ।  ´यो अभियानलाइ नागरिकको जीवन बचाउ अभियानका रुपमा सुरु गरेका छाैं,` मुख्यमन्त्री कार्किले भन्नू भयो।  ´बिना कारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाईरहनुका साथै घाइतेको तथाङ्क पनि बढिरहेकाले सरकार गम्भीर भएर याे अभियान सुरू गरेकाे मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुसाशित भएर नियमको पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन्। '

झापाको काकभिट्टामा लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको नगरेको जाँच गर्ने कीट हस्तान्तरण गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले सडक सुरक्षाका लागि अपनाउनु पर्ने सबै मापदण्डहरुलाइ कडा रूपमा कार्यान्वन गर्न समेत निर्देशन दिनु भएको छ ।
              आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सडक, चालकका साथै नागरिकको सुरक्षाका लागि प्रदेशभरि सडक सुरक्षा अभियान सुरु गरेको उक्त मन्त्रालयका मन्त्री समशेर राईले बताएका छन् । कोशी प्रदेशमा दैनिक औसत ८ वटा दुर्घटनाकाे घटना हुने गरेको ट्राफिक प्रहरीकाे तथ्यांक छ । प्रत्येक घटनामा एक जनाले  ज्यान गुमाउनुका साथै २ जना गम्भीर घाइते र १० जना सामान्य घाइते हुने गरेकाे ट्राफिक प्रहरीले जनाएकाे हाे ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved