कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइराला नियुक्त

-
अखवारका कुरा
२२ पुष २०८०, आइतवार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन । 


कोइरालाले आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी बाट  पद तथा गोपनीयताको शपथ लिएका छन । सपथ ग्रहण पश्चात् आजै महान्यायाधिवक्ता कार्यालय पुगेर पदभार ग्रहण गरेका छन । 

 विराटनगर महानगरपालिकाका  बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वअध्यक्ष समेत रहेका थिए भने बिभिन्न सामाजिक संघ सस्थामा समेत सल्लाहकारको भुमिकामा रहेर कार्य गरेको अनुभव कोइराला सग छ । 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved