कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

धर्मलेअनुशासित हुन सिकाउने : मेयर कोइराला

-
अखवारका कुरा
१८ पुष २०८०, बुधवार

विराटनगरस्थित विराट धर्मशास्त्र संग्रहालय एवं पुस्तकालयको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले जुनसुकै धर्म माने पनि अनुशासित हुन सिकाउने तथा जुनसुकै धर्म माने पनि सबैको उद्देश्य मानव हित नै भएको बताएका छन ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई ५१ हजार राशिको लेखनाथ चापागाईं स्मृति साहित्य पुरस्कार समपूर्ण गरिएको थियो । सुवेदी अस्वस्थ भएका कारण छोरा रुपकराजले पुरस्कार र सम्मान ग्रहण गरेका थिए । त्यस्तै सत्यनारायण माविमा कक्षा १० मा अध्ययनरत छात्रा मुस्कान गुप्ता र समृद्धि निरौलालाई जनही ५ हजारको छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । संस्थाका तर्फबाट मेयर कोइरालाले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष ओमकार चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल, प्राडा बद्रीविशाल पोखरेल, साहित्यकार दिङ्लाली कान्छो, नेपाली कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईं, राप्रपाका नेता केदार कोइराला, समाजसेवी पुरुषोत्तम गुरागाईं, रमेश चापागाईं, कवि प्रतिभा निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तस्बिर स्रोत : मेयर कोइरालाको सचिवालय

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved