कन्चंबारी, बिराटनगर
७ जेठ २०८१, सोमवार
९७०४५०४६७५
प्रदेश

प्रदेशको आफ्नै अस्पताल र डाक्टर प्रति मन्त्री राईको बिश्वास

-
अखवारका कुरा
४ फागुन २०८०, शुक्रवार

 
                आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले   अचानक स्वास्थ्यमा समस्या आइ  कोशी  प्रदेशको आफ्नै मातहतको अस्पताल शैलजा आचार्य हृदय रोग केन्द्र मा उपाचार गराएका छन। 
                  ब्लड प्रेसर र मुटु को चेकजाँच गराउने क्रममा ब्लड प्रेसर बढेर समस्या आएको  मुटु रोग विशेषज्ञ  डाक्टर सर्बेश कुमार झाले जानकारी दिए ।  उपाचारका क्रममा मन्त्री राईको मुटु को इको, इसिजी, ब्लड ,xray लगायत चेकजाँच गरिएको थियो। ब्लड प्रेसर मा धेरै तल माथी देखिए पछी फेरि २४ घन्टै  ब्लड प्रेसर मापन गर्ने मेसिन लगाइ हेर्ने अनि त्यसपछि के गर्ने भन्ने निष्कर्षमा पुग्न सकिने  डाक्टर झाले जानकारी दिए । 
               बिरामी हुने बित्तिकै बिदेश नै जान  जरुरी नरहेको र आफ्नै देश र प्रदेश का अस्पतालहरु पनि उपचार का लागि योग्य रहेको मन्त्री राइले  बताए । 
                 अस्पतालमा उपचारका लागि आएका  अन्य सेवाग्राही हरुले पनि मन्त्री राईले उपचार गराएकोमा  अस्पताल प्रती बिस्वास बढेको बताए । 
               अस्पतालमा उपचारका लागि आउने बिरामी बिस्तारै बढदै गएको र अस्पताल प्रती सेवाग्राहीमा बिश्वास समेत बढ्दै गएको  अस्पताल प्रशासनले जनाएको छ ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved