कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
मनोरंजन

थयान्क्यु सिनेमाकाे व्यानरमा चलचित्र निर्माण हुने

-
अखवारका कुरा
२० पुष २०८०, शुक्रवार


काठमाडौं । थ्यान्क्यु सिनेमाकाे ब्यानरमा चलचित्र निर्माण हुने भएकाे छ । चलचित्रकाे नाम सार्वजनिक नभएपनि अहिले स्कृप्ट लेखनकाे कार्य धमाधम भइरहेकाे छ ।

 चलचित्रमा विशेषगरी रंगमञ्चमा काम गरेका कलाकारहरूलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएकाे छ । 

यसअघि एकमात्र कलाकार राखेर `अन्तिमपाना´ चलचित्र निर्माण गरेका दिवाज राई किराँती नै चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रकाे स्कृप्ट लेखन जीवन थापा क्षितिजले गरिरहेका छन् । अहिलेसम्म ५० प्रतिशत स्कृप्ट लेखनकाे कार्य सकिएकाे थापाले जानकारी दिए । 

थापा विगत एक दशकदेखि रंगमञ्चसँगै चलचित्र लेखन निर्देशनमा सक्रिय छन् । 

चलचित्रकाे छायांकन आगामी भदाैदेखि सुरू हुने निर्माता राईले जानकारी दिए । यसकाे छायांकन नेपालका विभिन्न स्थान तथा विदेशमा पनि हुने उनले बताए । 

करिव तीन कराेडकाे लगानीमा फिल्म निर्माण हुने छ । अहिले कलाकार र निर्देशककाे भने टुङ्गाे लागिसकेकाे छैन ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved