कन्चंबारी, बिराटनगर
७ जेठ २०८१, सोमवार
९७०४५०४६७५
प्रदेश

प्राविधिक शिक्षा ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्ने: मेयर कोईराला

-
अखवारका कुरा
१९ पुष २०८०, बिहिवार

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षा ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन  । निजी प्राविधिक शिक्षालय महासंघ नेपाल र फोरम फोर हेल्थ साइन्स एण्ड टेक्नोलोजी कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा आज भएको ‘प्राविधिक शिक्षाको आवश्यकता र नीतिगत व्यवस्था’ विषयक कार्यक्रमको प्रमुख अतिथिका रुपमा आफ्नो धारणा राख्दै मेयर  कोइरालाले प्राविधिक शिक्षा अझै विकेन्द्रिकृत नभएको र  सीटीईभीटी काठमाडौं केन्द्रित भएको बताउदै  सीटीईभीटीलाई विकेन्द्रित गर्नुपर्नेमा जोड दिए । प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोले  प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको मेयर कोईरालाको भनाइ रहेको थियो ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved