कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
ताजा समाचार

विराटनगरको दक्षिण भेगका शिक्षाविद् सुधाकर ठाकुरको निधन

-
अखवारका कुरा
९ वैशाख २०८१, आइतवार

विराटनगर । विराटनगरका शिक्षाविद् सुधाकर ठाकुर आफ्नो डिग्री (एमएस्सी) ले चिनिने एमएस्सी सरको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा विराट मेडिकल शिक्षण अस्पतालमा शुक्रबार निधन भएको हो । 

२०२३ सालमा विहार विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक पदको प्रस्तावलाई खारेज गर्दै विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयमा शिक्षकको रूपमा आफ्नो शैक्षिक पेशाको सुरुवात गरेका थिए ।

५७ वर्षको शिक्षण क्षेत्रमा उनले शिक्षक, शिक्षण प्रशिक्षक, लेखक, समाजसेवी, शिक्षाविद् जस्ता विभिन्न भूमिकाको निर्वाह गरेका थिए । 

उनको यस्तै शैक्षिक योग्दानहरु मध्ये एक उल्लेखनीय योग्दान नेपाल सरकारको कक्षा १ देखी १० सम्मको गणित विषयको किताब पहिलो पटक नेपाली भाषामा लेखेका थिए ।

ठाकुरका २ छोरा र १ छोरी रहेका छन भने उनको श्रीमतीको ७ वर्ष अगाडी निधन भएको थियो ।
 

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved